
काठमाडौँ — नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले ‘हाम्रो नेपाल हामी नेपाली’ एउटा जनचेतना मुलक अभियान संचालन गर्ने भएका छन्।
अभियान खरेलको आफ्नै संयोजकत्वमा शुरु हुन् लागेको छ। किन यस्तो अभियान शुरु गर्न लाग्नु भयो त भन्ने सुनौलो नेपालको प्रश्नमा उनले भने “जनतामा चरम निराश बढ्दै छ। हामीले हाम्रो अभियान मार्फत समाजमा भएका बिकृति विसंगति बिरुद्ध जनतालाई जागरुक बनाउदै छौ। सरकारले गरेका गलत कामको बारेमा जनतालाई सुसुचित बनाउछौ र देशमा सभ्य र योग्य नागरीकको संख्या बढोस् भन्ने हाम्रो अभिप्राय हो।”
जनताको व्यापक सहभागीतामा उनले अभियानलाई सक्रिय बनाइने भन्दै सुरुमा ६ महिनासम्म अभियानको रुपमा जनतामाझ जाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार राजनीतिक दलका रुपमा अघि बढाउने योजना समेत खरेलसंग छ ।
पहिले जनता आफु ठिक नभए अरुलाई बेठिक भन्नु गलत हुन्छ पहिला जनतालाई कानुनसंवत काम कारबाही गर्न र आफु सभ्य नागरीक बन्न सिकाउने अनि मात्र अरुको गलत कामको बारेमा आलोचना गर्न सिकाउने उनको उदेश्य छ।
प्रहरीमा एक अब्बल अधिकृतको छबि बनाएर लोकप्रिय बनेका खरेल पछिल्लो समय भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हकको पक्षमा आवाज उठाउदै आएका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend