सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

गाउँमा झुपडी नहुने नेताको काठमाडौंमा महल कसरि ठडियो? सबैको सम्पति छानबिन हुनुपर्छ: भट्टराई

गाउँमा झुपडी नहुने नेताको काठमाडौंमा महल कसरि ठडियो? सबैको सम्पति छानबिन हुनुपर्छ: भट्टराई

फागुन १४ काठमाडौं: पुर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार नियन्त्रण गर्नका लागि माथिल्लो तहवाट नै छानविन गर्नुपर्ने बताएका छन्। बुधवार प्रतिनिधि सभा बैठकको विषेस समयमा बोल्दै भट्टराइले प्रधानमन्त्री, प्रधान न्यायाधीशलगायतलाई पनि छानविन गर्न सक्ने निकाय गठन गरि सम्पति छानविन गर्नुपर्ने बताएका हुन्।

विगतमा सामान्य परिवारबाट आएका सामान्य घर भएका हामी प्रधानमन्त्रीहरु काठमाडौंमा महल ठड्याउने हैसियतमा कसरि पुग्यौँ ? यो कुराको छानविन हुनु जरुरी छ, उनको भनाइ थियो।

हामीहरुको देखिने कमाइले यो हैसियतमा पुग्न नसकिने भन्दै उनले सम्पति छानविन गर्नुपर्ने र यसको लागि आफु पनि तयार रहेको बताए।

भट्टराइले सरकारको दुई वर्षसम्मको ‘काम कागलाई बेल पाक्यो हर्ष न विस्मात!’ जस्तो भएको बताउंदै सरकारको काम कतिले राम्रो भनेपनि धेरैले आलोचना गरेको उनको भनाइ थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend