
फागुन १४ काठमाडौं: युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका सल्लाहकार पक्राउ परेका छन्।
मानन्धरका आर्थिक सल्लाहाकार रहेका अमृत घलेलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौंको टोखामा घलेले सिन्धुलीकी एक युवतीलाई आफ्नै फ्ल्याटमा लगेर लगातार ३ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend