फागुन १४ काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गाको विषयमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। बुधवार एक विज्ञप्ति जारि गर्दै देउवाले यस प्रकरणमा आफुलाई जोडेर भ्रम छर्ने काम भएको भन्दै आपत्ति जनाएका छन्।
“म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रस्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन,” सभापति देउवाद्वारा जारी विज्ञप्तिमा छ, “मेरो सहभागिताबेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ ।”
नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार ट्रष्टको तर्फबाट श्वेतपत्र जारी गर्दै देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वगृहमन्त्रीहरू विमलेन्द्र निधि, जनार्द्धन शर्माको पालामा दरबारमार्ग र ताहचलको जग्गा लिजमा दिइएको उल्लेख गरेका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend