सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका चन्द्र ढकाल एक्लिए, व्यवसायीहरु किशोर प्रधानको पक्षमा

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका चन्द्र ढकाल एक्लिए, व्यवसायीहरु किशोर प्रधानको पक्षमा

१४ फागुन, काठमाडौं । बुधबार निकै तामझाम सहित नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका व्यवसायी चन्द्र ढकाललाई भाबी अध्यक्ष शेखर गोल्छाले साथ् नदिदा उनको उम्मेदवारी उत्साहजनक हुन् सकेन।

पाँच तारे होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा चन्द्र ढकाललाई समर्थन गर्न आगामी कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्ने व्यवसायीहरु उपस्थित नभएपछि केहि जिल्ला र प्रदेश अध्यक्षहरुलाई साक्षी राखेर उम्मेदवारी घोषणा गरे।

नेपाली उद्योगी व्यवसायीहरुको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ सोहि व्यवस्था अनुसार वर्तमान शेखर गोल्छा अध्यक्ष बन्दैछन र उनले आफ्नो टीमबाट चन्द्र ढकाललाई आउट गरेर वरीष्ठ उपाध्यक्षमा किशोर प्रधानलाई समर्थन गरिसकेका छन् ।

गोल्छाको समर्थनमा धेरै व्यवसायी भएकोले उनीहरुले चन्द्र ढकालको कार्यक्रम बहिष्कार गरेर गोल्छा समूहलाई समर्थन गरेका छन्। आगामी कार्यकालमा उम्मेदवारी दिन लागेका एक व्यवसायीलाई कार्यक्रममा किन उपस्थीत नहुनु भएको भन्ने सुनौलो नेपालको प्रश्नमा उनले भने हार्ने नेताको कार्यक्रममा किन जानु ?

व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको नयाँ कार्यसमिति चयनको चुनाव आगामी चैत्र २९ गते हुँदैछ ।

यस सम्बन्धी भिडियो रिपोर्ट सुनौलो नेपाल टिभीमा छिट्टै प्रसारण हुदैछ

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend