
फागुन १५ काठमाडौँ, नेपाली काँग्रेसका नेता शेखर कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन सुझाब दिएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान करिब डेढ घन्टा जति छलफल भएको थियो भेटमा ।
काँग्रेस नेता शेखर कोइरालाले वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको कुरा सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डले देखाएको उल्लेख गर्दै अब नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सल्लाह दिएका हुन्।भेटमा कोइरालाले भने,’दुई तिहाइको सरकारले काम गर्ने अवसर पाउँदा पनि केही गर्न सकेको छैन। पार्टीभित्र विवाद चुलिँदै गएको छ।अब तपाईँले राजीनामा दिएर सबै पार्टीलाई मिलाएर अगाडि लैजानुको विकल्प छैन।’त्यसमा प्रतिपक्षी दलको सहयोग रहनेछ।’
कोइरालाको राजीनामाको कुरा सुनेपछि प्रधानमन्त्रीले ठट्यौलीपारमा भने,’ प्रतिपक्षी दलको धर्म नै हो राजीनामा माग गर्नु ।’ यसअघि पनि प्रधानमन्त्री र कोइरालाबीच भेटवार्ता भएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend