
फागुन १५ काठमाडौं: दिल्लीको उत्तर–पूर्वी इलाकामा भड्किएको जारी हिंसामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ भने २५० भन्दा बढी घाइते भएका छन्। नागरिकता संशोधन कानुन को समर्थन गर्ने र विरोध गर्ने समूह बीच दिल्लीमा हिँसा भड्किएको हो।
विगत चार दिनदेखि दिल्लीको उत्तर पूर्वी क्षेत्रमा जारी हिंसामा सयौंको संख्यामा मानिसहरु घाइते भएका छन् । नागरिकता संशोधन कानुनविरुद्ध ठूलो संख्यामा प्रदर्शन गरिरहेका नागरिकले आइतबार सडक अवरुद्ध गरेका थिए ।
उत्तर पूर्वी दिल्लीको मुसलमान बहुल स्थानमा गत वर्षबाट आन्दोलन सुरु भएको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कानुनी व्यवस्था सहज बनाउन केन्द्र सरकारसँग आग्रह गरेका छन् । एजेन्सीको सहयोगमा
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend