
फागुन १५ काठमाडौं: नेपाली कांग्रेसका सांसद उद्योगपति विनोद चौधरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउने लागेको प्रधानमन्त्रीको सचिवालयको आरोपलाई खण्डन गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै चौधरीले अर्थमन्त्री खतिवडालाई हटाउनका लागि बामदेव गौतमलाई अगाडी सार्न खोजेको भन्दै आफ्नो नाम पनि मुछेको भन्दै खण्डन गरेका हुन्।
ट्वीटरमा उनले लेखेका छन्स, ‘अर्थमन्त्री युवराज खतिवडालाई हटाउन लागेको भनेर प्रकाशित आख्यान श्वैर कल्पनाशीलताको नमुना हो, ‘खतिवडा संघीय प्रणालीको वित्तीय व्यवस्थापनको उल्लेखनीय योगदान पुर्याएका विज्ञ हुनुहुन्छ । उहााको बहिर्गमन र आगमन नितान्त उहााकै पार्टीको आन्तरिक विषय हो ।’
अर्थमन्त्रीमा खतिवडालाई रोक्नकै लागि गौतमलाई अगाडि सारिएको र नेपाली कांग्रेसका सांसद विनोद चौधरीसहित केही व्यापारी समेत यसमा भूमिका खेलेको प्रधानमन्त्रीको सचिवालयले दावी गरेको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend