
जनकपुरधाम- नेकपा मालेका महासचिव सिपी मैनाली चढेकाे गाडी बिपी राजमार्गको बर्दिबास खण्डमा बिहीबार दिउँसो दुर्घटनाग्रस्त हुँदा उनी घाइते भएका छन्।उनी चढेको गाडी अर्को गाडीसँग ठोक्किँदा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।मैनाली चढेको बा४च २१२० नम्बरको गाडी र विपरीत दिशाबाट आइरहेको ना४ख ७६६८ नम्बरको भ्यान ठोक्किएका थिए।उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend