
फागुन १५ काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय सभा सदस्यमा फेरी आफुले नै निरन्तरता पाउने बताएका छन्। सरकारका प्रवक्ता समेत रहेका खतिवडाले मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुलाई २१ गते शपथ ग्रहणको दिन रहेको र सोहि दिन भेट हुने बताए।
“२१ गते मेरो शपथ ग्रहण गर्ने दिने तोकिएको छ, त्यही दिन भेटेर कुरा गरौंला, पत्रकारहरुसंग खतिवडाले भने, ‘ मेरै बारेमा कुरा उठेको छ, राष्ट्रिय सभाको सम्बन्धमा हेर्दै जानुस् अहिले नै जवाफ दिइराख्नुपर्ने आवश्यकता मैले देखेको छैन ।’
पार्टी सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने भनी गरेको निर्णय लत्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडा पक्षमा अडान लिएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend