
फागुन १५ काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफु अझै १५ बर्ष बाच्ने र देशका लागि काम गर्ने बताएका छन्। बिहीबार राजधानीमा आयोजित बागमती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमाओलीले यस्तो बताएका हुन्।
ओलीले आफुले छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्न लागेको भन्दै ट्रान्सप्लान्ट गरेर फर्किएलगत्तै कामलाई निरन्तरता दिने बताए । आफूलाई बिरामी हुँदा पनि काम गर्ने बानी लागेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे कुनै चिन्ता नलिन उनले आग्रह गरे।
उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक भएको अडियो बास्कोटाको नै हो भन्ने पुष्टि हुने प्रमाण नभएको बताए। कमिसन प्रकरणलाई लिएर तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि लागेको आरोप प्रमाणित भइनसकेकोले उनले नै गरेको भन्न नमिल्ने उनको भनाइ छ।
कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू विभिन्न आरोहअवरोह झेल्दै पार्टी एकतासम्म आइपुगेको बताएका छन्। उनले पार्टीमा विवाद, संघर्ष हुनु स्वभाविक भएको भन्दै विवाद र समस्या नभएको दिन पार्टी नै नचाहिने बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend