logo

२०८० फाल्गुन १४ सोमबार

logo
  • सोमबार, १४ फाल्गुन २०८०
  • प्रधानमन्त्री दाहाल धनगढीमा

    प्रधानमन्त्री दाहाल धनगढीमा

    637
    Shares
    प्रधानमन्त्री दाहाल धनगढीमा

    कैलाली । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी आइपुग्नुभएको छ ।

    धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटनलगायतका कार्यक्रममा सहभागी हुन उहाँ विहान धनगढी आइपुग्नुभएको हो ।
    प्रधामन्त्री दाहालले आज धनगढी विमानस्थलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीका बुवासँग पनि भेटघाट गर्नुभयो ।

    भेटमा प्रधानमन्त्री दाहालले विपीनको रिहाइका लागि सरकारले प्रयास गरिरहेको बताउनुभयो । अध्यक्ष अहिले दाहाल कैलालीको धनगढी उपमहानगरपालिका–१६ घसेटीमा हुने पार्टी प्रशिक्षण तथा भेटघाट कार्यक्रममा सहभागी हुनुभएको छ ।

    सो पश्चात प्रधानमन्त्री दाहालले दिउँसो १ बजे कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुहुने कार्यक्रम छ । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend