सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टीको निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ: प्रचण्ड

वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टीको निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ: प्रचण्ड

फागुन १६ काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले पार्टीको निर्णयलाई मान्नै पर्ने बताएका छन्। चितवनमा पत्रकारसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पार्टीले नै बनाएको र त्यही पार्टीको निर्णय प्रधानमन्त्रीले मान्दिन भन्न नमिल्ने बताएका हुन्।

अध्यक्ष प्रचण्डले राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने सचिवालयको निर्णय कार्यान्वयन गरेरै छाड्ने बताए। ‘पार्टीको निर्णय प्रधानमन्त्रीजीले मान्नैपर्छ, उहाँले मान्नुहुन्छ । तपाईहरुले एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ ।’ उनको भनाइ थियो।

पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने सचिवालयको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेसँगै सत्तारूढ नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको हो। हिजोको सचिवालयको बैठक लगत्तै प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर करिब डेढ घण्टा कुरा गर्दै आफू गौतमलाई राष्ट्रियसभामा लैजान असमर्थ रहेको र अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रियसभामा लैजाने आफ्नो निर्णय रहेको र त्यो सरकारको अधिकार समेत भएको जानकारी दिएका थिए ।

जवाफमा नेता नेपालले तपाई आफ्नो काम गर्नुस् तर पार्टीलाई जनताको नजरमा गिर्न नदिन हामी सक्दो प्रयास गर्छौं भन्दै सचिवालयको निर्णय कार्यान्वयन गर्न दबाब दिएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend