
फागुन १६ काठमाडौं:
एजेन्सी- मंगोलियाका राष्ट्रपति खल्तमागिन बातुल्गालाई क्वारेनटाइनमा राखिएको छ। चीन भ्रमणबाट फर्केलगत्तै उनलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको हो।
भ्रमणबाट फर्किएपछि मंगोलियाका राष्ट्रपति अन्य सरकारी अधिकारीहरु अहिले क्वारेनटाइनमा बसेको बताइएको छ। उनीहरुको प्रतिनिधिमण्डलले चीनमा राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङलाई भेटेको थियो।
भ्रमणको क्रममा बातुल्गाले चीनलाई ३० हजार भेडा प्रदान गर्ने घोषणा पनि गरेका थिए। मंगोलियामा हालसम्म कोरोना संक्रमित फेला परेका छैनन्। यद्यपि रोकथामको उपायलाई तीव्रता दिइएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend