
निबर्तमान संचारमन्त्री गोकुल बास्कोटाले जिल्ला अदालतमा मुद्दा हालेका छन् । ७० कराेड कमिसन मागेको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा काठमाडौं जिल्ला अदालत पुगेका छन् ।
म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 28, 2020
म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विवादमा मुछिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले गत हप्ता राजीनामा दिएका थिए। बास्कोटाको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend