बिहिबार, चैत्र ७ २०८१

बिहिबार, चैत्र ७ २०८१

नेपाल भर्सेस मलेसिया: एकै ओभरमा २ विकेट लिँदै सन्दीप बने टि-२० मा १०० विकेट लिने पहिलो नेपाली बलर

नेपाल भर्सेस मलेसिया: एकै ओभरमा २ विकेट लिँदै सन्दीप बने टि-२० मा १०० विकेट लिने पहिलो नेपाली बलर

फागुन १६ काठमाडौं: थाईल्याण्डमा जारी एसीसी टी२० ईस्टर्न रिजन अन्तर्गत नेपाल र मलेसियाबीच खेल भैरहेको छ। टस जितेर ब्याटिंग गरेको मलेसियाले ८ ओभरमा २ विकेट गुमाउंदै ५० रन बनाएर खेलिरहेको छ।

नेपालका लागि सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् ।

यसैबीच सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । २ विकेट लिंदै सन्दिप लामिछाने टि-२० क्रिकेटमा १०० विकेट लिने पहिलो नेपाली बलर बनेका छन्। सन्दिपको विकेट संख्या १०१ पुगेको छ।

नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिताको सबैभन्दा बलियो टोलीको रुपमा रहेको नेपाल आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो सुरूवात गर्ने लक्ष्यमा छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट