बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

५५ अर्बका लागि राष्ट्रहितविपरित एमसीसी पास हुन्न: अध्यक्ष प्रचण्ड

५५ अर्बका लागि राष्ट्रहितविपरित एमसीसी पास हुन्न: अध्यक्ष प्रचण्ड

फागुन १६ काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै अवस्थामा एमसीसी पास नहुने बताएका छन्।
सिन्धुपाल्चोकमा पत्रकारसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले अमेरिकाले परिमार्जन नगरे एमसीसी पास नगर्ने बताएका हुन्।

एमसीसीका केही बुँदाहरु राष्ट्रहित विपरित भएकोले अमेरिकालाई परिमार्जनका लागि अमेरिकी सरकारसँग आग्रह गर्ने भन्दै उनले अमेरिकी सरकार परिमार्जनका लागि तयार नभए नेपालले पारित नगर्ने बताए। ५५ अर्बका लागि राष्टहित लाई खलल पुग्ने सम्झौता नगरिने उनको भनाइ थियो।

सत्तारुढ नेकपामा एमसीसी पास गर्ने नगर्ने विषयमा ठुलो मतभेद रहेको छ। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्नुपर्ने अडान लिएका छन् भने प्रचण्डलगायतले परिमार्जन गरेर मात्र यसलाई पास गर्नुपर्ने बताउंदै आएका छन्।

प्रतिपक्षि नेपाली कांग्रेसमा भने कुनै विवाद छैन। कांग्रेसले एमसीसी आफ्नै सरकारले गरेको सम्झौता भएकोले तत्काल पारित हुनुपर्ने बताउंदै आएको छ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend