
फागुन १६ काठमाडौं: थाईल्याण्डमा जारी एसीसी टी२० ईस्टर्न रिजन अन्तर्गत मलेसियाले नेपाललाई रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिंग गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउंदै १५५ रन बनाएको हो।
नेपालका लागि सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । उनले ३ विकेट लिए।
लामिछाने टि-२० क्रिकेटमा १०० विकेट लिने पहिलो नेपाली बलर बनेका छन्। सन्दिपको विकेट संख्या १०१ पुगेको छ।
नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिताको सबैभन्दा बलियो टोलीको रुपमा रहेको नेपाल आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो सुरूवात गर्ने लक्ष्यमा छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend