बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

नेपाललाई ठुलो झट्का, २२ रनमै गुम्यो २ विकेट, यस्तो छ ताजा स्थिति

नेपाललाई ठुलो झट्का, २२ रनमै गुम्यो २ विकेट, यस्तो छ ताजा स्थिति

फागुन १६ काठमाडौं: थाईल्याण्डमा जारी एसीसी टी२० ईस्टर्न रिजन अन्तर्गत १५५ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ। नेपालको २ विकेट गुमेको छ। ओपनर कुशल मल्ल र पूर्वकप्तान पारस खड्का आउट भएका छन्।

अहिलेको अवस्थामा नेपालले ४ ओभरमा २ विकेट गुमाउंदै २८ रन बनाएको छ।

यसअघि टस जितेर ब्याटिंग गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउंदै १५५ रन बनाएको हो।

नेपालका लागि सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । उनले ३ विकेट लिए।

लामिछाने टि-२० क्रिकेटमा १०० विकेट लिने पहिलो नेपाली बलर बनेका छन्। सन्दिपको विकेट संख्या १०१ पुगेको छ।

नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिताको सबैभन्दा बलियो टोलीको रुपमा रहेको नेपाल आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो सुरूवात गर्ने लक्ष्यमा छ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend