
फागुन १६ काठमाडौं: कुनै एउटा मानिस मृत घोषित गरिएको १० घण्टापछि पुर्नजीवित भयो भन्ने सुनेर तपाइँलाई अचम्म लागे होला। तर अचम्म नमान्नुहोस, यो सत्य घटना हो। यो घटना हो युक्रेनको। ८३ वर्षीया वृद्ध मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित भएकी छन् । स्टिरजावका शहरका वाली जीनिया दिमुख रिटायर्ड नर्स हुन् । उनी एक हप्ताअघि कोमामा थिइन् । उनका परिवारले उपचारका लागि घरमा डाक्टर बोलाए । ती महिलाको अवस्था गम्भीर भएको कारण उनलाई अस्पताल लगिएमा समस्या बढ्न सक्ने डरले घरमै औषधी उपचारसहित आराम गर्न भनियो । तर केही समयपछि जीनियाले शवास फेर्न छोडिन् ।
यस पटक परिवारले डाक्टरसँगै प्रहरीलाई पनि बोलाए । डाक्टरले जाँच गरेपछि जीनियाले संसार छोडिसकेको बताए । यसपछि परिवारले क्रिया सुरु गरे । स्थानीय अधिकारीहरूले उनको मृत्यु दर्ता समेत गर्न भ्याए । र परिवारले एक चिहान खनेर पास्टरलाई बोलाए । जीनियाको परिवारले उनलाई गाड्न सबै व्यवस्था गरिसकेका थिए । यसपछि उनकी छोरीले केही अनौठो महसुस गरिन् । जीनियाको निधार तातो थियो । उनी जिउँदै थिइन् ।
उनलाई अस्पताल लगियो । उपचारपछि अहिले उनि निको भएकी छिन।- एजेन्सीको सहयोगमा
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend