आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

नेपाललाई तेश्रो झट्का, कप्तान मल्ल आउट, हेर्नुस ताजा स्थिति

नेपाललाई तेश्रो झट्का, कप्तान मल्ल आउट, हेर्नुस ताजा स्थिति

फागुन १६ काठमाडौं:  थाईल्याण्डमा जारी एसीसी टी२० ईस्टर्न रिजन अन्तर्गत १५५ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ। कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन्। ओपनर कुशल मल्ल र पूर्वकप्तान पारस खड्का सुरुवातमै आउट भएका थिए।

अहिले नेपाल १४ ओभरमा ९० रन बनाएको छ।

यसअघि टस जितेर ब्याटिंग गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउंदै १५५ रन बनाएको हो।

नेपालका लागि सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । उनले ३ विकेट लिए।

लामिछाने टि-२० क्रिकेटमा १०० विकेट लिने पहिलो नेपाली बलर बनेका छन्। सन्दिपको विकेट संख्या १०१ पुगेको छ।

नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिताको सबैभन्दा बलियो टोलीको रुपमा रहेको नेपाल आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो सुरूवात गर्ने लक्ष्यमा छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend