मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

धनगढी विमानस्थलको भीआईपी कक्षमा भीम रावललाई रोकेपछि…

धनगढी विमानस्थलको भीआईपी कक्षमा भीम रावललाई रोकेपछि…

फागुन १६ काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावललाई धनगढी विमानस्थलको भीआईपी कक्षमा रोक लगाइएको छ ।रावल शनिबार बिहान काठमाडौंबाट धनगढी पुगेका थिए।

शनिबार नै धनगढीबाट राष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौं फर्कने कार्य सूची रहेका कारण विशिष्ट कक्षमा सुरक्षा व्यवस्था कडाइ गरिएको थियो ।

धनगढी विमानस्थलमा आज एक्कासी भीआईपी कक्ष प्रवेशमा रोक लगाइदा आश्चर्य लागेको उनले बताए । शनिवार नेकपा प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रावलले भने, ‘धनगढी विमानस्थलको भीआईपी कक्षमा प्रवेश गर्न नदिँदा मलाई आश्चर्य लागेको छ ।’

भीआईपी कक्ष प्रवेशमा रोक लगाएपछि रावल सिधै धनगढीको चटकपुरस्थित पार्टी कार्यालय पुगेका थिए । रावल पूर्वनिर्धारित कार्यक्रमअनुसार सुदूरपश्चिम आएका हुन् । सो क्रममा उनी विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend