
फागुन १६ काठमाडौं: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध षड्यन्त्र गरेर फसाउन ठुलो प्रयास भैरहेको बताएका छन्। इटहरीमा भएकाे प्रेस संगठन नेपाल प्रदेश १ को शपथ ग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सञ्चारमन्त्री भएदेखि नै आफूविरुद्ध षड्यन्त्र शुरू भएको र अब दुधको दुध, पानीको पानी छुटि्टने समय आएको उनले बताए।
आफूले फुकीफुकी पाइला चाल्ने गरेको भन्दै उनले भने, ‘अब दुधको दुध, पानीको पानी छुटि्टने समय आयो । यो केही दिनमा छुटिन्छ ।
आफुलाई मुद्दा हाल्ने महिलासंग कहिल्यै चिनजान, बोलचाल र दोहोरो संवाद पनि नभएको उनले बताए। आफु संचारमन्त्री हुँदादेखि नै आफूविरुद्ध यस माध्यमबाट षड्यन्त्र सुरु भएको र यो कुरा आफुँके तत्कालीन प्रधानमन्त्री, पार्टी कार्यालय र सीआईबीमा समेत जानकारी गराएको उनको दाबी छ।
काठमाडौं जिल्ला अदालतमा मुख्यमन्त्री राईविरुद्ध दोलखाकी बालिका खड्काले राईसँग आफ्नाे यसअघि बिहे भइसकेको दाबी गर्दै १६ फागुनमा अंश मुद्दा दायर गरेकी छन्। खड्काले आफूलाई राईले दुर्व्यवहार र घरेलु हिंसा गरेको पनि आरोप लगाएकी छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend