आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

हंगकंग संग फेरी धर्मरायो नेपाली ब्याटिंग, गुम्यो पाँचौ विकेट

हंगकंग संग फेरी धर्मरायो नेपाली ब्याटिंग, गुम्यो पाँचौ विकेट

काठमाडाै‌  एसीसी इष्टर्न रिजन क्रिकेटमा १ सय ५५ रनको चुनौती पछाएको नेपालको ब्याटिंग धर्मराएको छ ।नेपाली कप्तान ज्ञानेन्द्र मल्लले सुरुवात देखि  राम्रो ब्याटिंग गरेपनि उनि संग कुनै नेपाली ब्याट्सम्यानले  साझ्रेदारी गर्न नसक्दा १२ ओभरको समाप्तिमा ७९ रन जोड्दा आफ्नो महत्वपुर्ण ५  विकेट गुमाएको छ । अहिले क्रिजमा कप्तान ज्ञानेन्द्र मल्ल ४३ रनमा र आरिफ सेख ०  रनमा खेलिरहेका छन ।

यस अघि नेपालले टस जितेर हंगकंगलाई ब्याटिंगको निम्तो दिएपछि हङकङले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो। हङकङका लागि निजकान्त खान मोहम्दले ४८ रन बनाए भने मोहम्मद अजिज खानले २९ र सहीद वासिफले २६ रन बनाए। त्यस्तै हरुन मोहम्द अस्रफले २७ तथा जेम्स जोनले १३ रन बनाए।

 

नेपालका लागि सन्दीप लामिछाने र सुुसन भारीले समान २ विकेछ लिए भने कुशल मल्लले एक विकेछ लिए। प्रतियोगिताको उत्कृष्ट दुईमा रहन नेपालले आजको खेल जित्नै पर्ने हुन्छ। हिजो नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो। टी–ट्वान्टीमा मात्र दुवै टोली ८ पटक भिडेका छन् ।

जसमा नेपाल र हङकङले समान ४–४ पटक विजयी भएका छन्। प्रतियोगितामा नेपाल सहित मलेसिया, थाईल्याण्ड, सिंगापुर र हङकङ समावेश छन्। रोउण्ड रोबिनका आधारमा चल्ने प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend