शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

हंगकंगसंग नेपालको लज्जास्पद हार

हंगकंगसंग नेपालको लज्जास्पद हार

फागुन १८ काठमाडौं- एसीसी इष्टर्न रिजन क्रिकेटमा १ सय ५५ रनको चुनौती पछाएको नेपाल ४३ रनले पराजित भएको छ । नेपाली कप्तान ज्ञानेन्द्र मल्लले सुरुवात देखि राम्रो ब्याटिंग गरेपनि उनि संग कुनै नेपाली ब्याट्सम्यानले साझ्रेदारी गर्न नसक्दा नेपालले दोश्रो खेल पनि गुमाएको छ।

यस अघि नेपालले टस जितेर हंगकंगलाई ब्याटिंगको निम्तो दिएपछि हङकङले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो। हङकङका लागि निजकान्त खान मोहम्दले ४८ रन बनाए भने मोहम्मद अजिज खानले २९ र सहीद वासिफले २६ रन बनाए। त्यस्तै हरुन मोहम्द अस्रफले २७ तथा जेम्स जोनले १३ रन बनाए।

नेपालका लागि सन्दीप लामिछाने र सुुसन भारीले समान २ विकेछ लिए भने कुशल मल्लले एक विकेछ लिए। प्रतियोगिताको उत्कृष्ट दुईमा रहन नेपालले आजको खेल जित्नै पर्ने हुन्छ। हिजो नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो। टी–ट्वान्टीमा मात्र दुवै टोली ८ पटक भिडेका छन् ।

जसमा नेपाल र हङकङले समान ४–४ पटक विजयी भएका छन्। प्रतियोगितामा नेपाल सहित मलेसिया, थाईल्याण्ड, सिंगापुर र हङकङ समावेश छन्। रोउण्ड रोबिनका आधारमा चल्ने प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend