
फागुन १८ काठमाडौं – केहि दिनअघि सामाजिक संजालमा एउटा बिषय भाइरल नै बन्यो। ललितपुरको भैंसेपाटीमा एउटी बच्चा बोकेकी महिलालाई प्रहरी इन्स्पेक्टर देवीप्रसाद पौडेलले लाठी प्रहार गरेको विषयले सामाजिक संजाल तरंगित नै बन्यो।
तिनै इन्स्पेक्टर पौडेललाई भैंसेपाटीको नेतृत्वको जिम्मेवारीबाट हटाइएको छ। उनको स्थानमा नयाँ इन्स्पेक्टर पठाईएको र उनलाई जावलाखेलमा तानिएको ललितपुर प्रहरी प्रमुख टेक प्रसाद राईले जानकारी दिए।
भएको के थियो ?
नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले अर्की महिलालाई लाठीचार्ज गरेका हुन् । माला शाही तिनै महिला हुन् जसले खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको बताउंदै आएकी छिन।
शाहीले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएकी थिइन्। ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छन्। घरबाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई खबर गरे। केहीबेर प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी खत्रीको घरमा पुगे। घरअगाडि महिला भेला भएका थिए, नियन्त्रण गर्न पुरूष प्रहरी पनि गएका थिए। प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्यो। नमानेपछि बल प्रयोग गर्यो। त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend