
फागुन १८ काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विवादको उत्कर्षमा पुगेको छ। विवाद समाधान गर्नका लागि आज पनि सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको बैठकले राष्ट्रिय सभामा बामदेव गौतमलाई लैजाने निर्णयले उत्पन्न भएको विवाद समाधान गर्न मद्दत गर्ने बताइएको छ।
राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमलाई मनोनयन गर्न सरकारलाई सिफारिस गर्ने नेकपा केन्द्रीय सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नमान्ने बताएपछि सत्तारूढ दलभित्रको विवाद उत्कर्षमा पुगेको हो । गत बुधबार आफूसमेत उपस्थित बैठकबाट निर्णय भएको दुई घण्टा नबित्दै ओलीले त्यसलाई नमान्ने भन्दै पार्टी सचिवालयको सिफारिसलाई चुनौती दिएका थिए ।
प्रधानमन्त्री ओलीले बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने सचिवालयको निर्णय आफूले नमान्ने र अर्थमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य युवराज खतिवडालाई नै निरन्तरता दिने बताएपछि पछिल्लो विवाद बढेको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend