
फागुन १८ काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको दोश्रो पटक मिर्गौला प्रत्यारोपण आगामी बुधबार गरिने भएको छ। श्रोतका अनुसार काठमाडौं महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण गर्ने तयारी भैरहेको छ।
प्रत्यारोपणका लागि ओली भोलि नै त्रिवि शिक्षण अस्पतालस्थित ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
विसं २०६४ साल साउनमा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण भएको थियो। ओलीमा बेला बेला स्वास्थ्य समस्या देखा पर्दै आएको छ । उनले मिर्गौला प्रत्यारोपण पछि निरन्तर औषधि सेवन गरिरहेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend