
फागुन १८ काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक भएको कमिसन मोलमोलाईको अडियोमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले हामी भनेर कसलाई भनेका हुन् भन्दै यसबारे प्रष्ट पार्नुपर्ने माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै देउवाले बास्कोटामाथि छानविन नहुनुमा सरकारको नियत गम्भीर रहेको बताएका हुन्।
सञ्चारमन्त्री बाँस्कोटाले ‘कति आउँछ हामीलाई’ भनेर प्रस्ट बोलेको उल्लेख गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरे, ‘बाँस्कोटाले हामी भनेर कसलाई भनेका हुन् ? हामी भनेको को हो प्रस्ट गर्नुहोस् ।’
‘छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो । त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन् । छानबिन हुनुभन्दा पहिले तपाईले निर्णय दिनुभयो भने तर्पाइको बोलीको विश्वसनियता कमजोर भएन् ?’ प्रधानमन्त्री ओलीलाई देउवाले प्रश्न गरे।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend