शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

कसले दिँदैछ प्रधानमन्त्री ओलीलाई मिर्गौला ?

कसले दिँदैछ प्रधानमन्त्री ओलीलाई मिर्गौला ?

फागुन १८ काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको दोश्रो पटक मिर्गौला प्रत्यारोपण आगामी बुधबार गरिने भएको छ। श्रोतका अनुसार काठमाडौं महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण गर्ने तयारी भैरहेको छ।

प्रत्यारोपणका लागि ओली भोलि नै त्रिवि शिक्षण अस्पतालस्थित ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कसले दिँदै छ मिर्गौला ?

वालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई नजिकको आफन्ततर्फकी नातिनीले मिर्गौला दिँदै छिन। ओलीलाई मिर्गौला दान गर्न धेरैले चाहना व्यक्त गरे पनि नातिनीको मिर्गौला म्याच भएको र उनले नै मिर्गौला दिने तयारी भैरहेको श्रोतले जनाएको छ। उनको नाम भने गोप्य राखिएको छ।

विसं २०६४ साल साउनमा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण भएको थियो। ओलीमा बेला बेला स्वास्थ्य समस्या देखा पर्दै आएको छ । उनले मिर्गौला प्रत्यारोपण पछि निरन्तर औषधि सेवन गरिरहेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend