शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

बालिका खड्का भन्छिन: मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्री कार्यालयमै यौनजन्य क्रियाकलाप गर्नुहुन्थ्यो

बालिका खड्का भन्छिन: मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्री कार्यालयमै यौनजन्य क्रियाकलाप गर्नुहुन्थ्यो

फागुन १८ काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। राईविरुद्ध दोलखाकी बालिका खड्काले राईसँग आफ्नाे यसअघि बिहे भइसकेको दाबी गर्दै १६ फागुनमा मुद्दा दायर गरेकी हुन्। खड्काले आफूलाई राईले दुर्व्यवहार र घरेलु हिंसा गरेको पनि आरोप लगाएकी छन्।

उता बालिका खड्काले आफ्नो पति भएको दाबी गर्दै मुद्दा हालेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खड्काको दाबी अस्वीकार गरेका छन् र आफू २०७२ मा सञ्चार मन्त्रीदेखि नै षड्यन्त्र सुरु भएको बताएका छन् । शनिबार प्रेस संगठन नेपाल प्रदेश १ को इटहरीमा भएको सपथ ग्रहण कार्यक्रममा राईले यसबारे बोल्न आफू उपयुक्त समयको पर्खाइमा रहेको र अहिले त्यो समय भएको भन्दै आफुले खड्कालाई नचिन्ने बताएका छन्।

यसै बिषयमा केन्द्रित भएर हामीले राईविरुद्ध मुद्दा दायर गर्ने बालिका खड्कासंग कुराकानी गरेका छौं। कुराकानीका क्रममा खड्काले आफुलाई सार्वजनिक स्थानमा समेत राइले आफुलाई दुर्व्यवहार गर्ने गरेको बताएकी छिन। सोझोपनको फाइदा उठाएर राईले आफुलाई पटकपटक दुर्व्यवहार गरेको उनको भनाइ छ। प्रधानमन्त्री कार्यालयमा समेत राइले यौन दुर्व्यवहार गरेको उनको आरोप छ। आफुले त्यसबखत आफ्नो संगठनको नेता मानेर कुनै पनि प्रतिकार नगरेको भन्दै उनले आफुलाई राईले असह्य यातना दिएको बताइन।

हेर्नुहोस, सुनौलो नेपालका लागि खड्कासंग सन्तोष निरौलाले गरेको कुराकानी:

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend