फागुन १८ काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहारको प्रयास भएको छ। राष्ट्रिय सभागृहमा आयोजित सभामा सम्बोधन सकेर फर्किने क्रममा प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको हो ।
प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका रतन तिरुवा भएको खुलेको छ।
तिरुवा पुर्व माओवादी लडाकु भएको बुझिएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई महानगरीय प्रहरी वृत सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ।
भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सम्बोधनपछि आफ्नो सिटमा फर्कने क्रममा तिरुवाले जुत्ता प्रहार गरेका हुन्। तर जुत्ता प्रचण्डसम्म भने पुगेन।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend