शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले गर्दैछन् यस्तो महत्वपूर्ण निर्णय

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले गर्दैछन् यस्तो महत्वपूर्ण निर्णय

फागुन १९ काठमाडौं – राष्ट्रिय योजना आयोगको १५औं पूर्ण बैठक आज बस्ने भएको छ। आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको अध्यक्षतामा ९ बजे पछि बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकले महत्वपूर्ण नीतिगत निर्णय गर्ने बताइएको छ। नेपाललाई अल्पविकसित राष्ट्रबाट मध्यम आयस्तर भएको मुलुकमा परिणत गर्न महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ। त्यस्तै दिगो आर्थिक विकासमा जोड दिँदै बैठकले योजना पास गर्ने बताइएको छ।

प्रधानमन्त्री ओली बैठक लगत्तै त्रिवि शिक्षण अस्पताल जाने वालुवाटार श्रोतले जनाएको छ। आगामी बुधबार ओलीको मिर्गौला प्रत्यारोपण गरिँदै छ।

प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतको नयाँदिल्लीको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए। केही समयअघि उनको मिर्गौलाले काम गर्न छोडेको थियो। त्यसपछि उनले नियमित डायलासिस गरिरहेका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend