मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

टि–ट्वान्टी क्रिकेटमा छिटो शतक हान्ने कोरे एन्डरसन काठमाडौंमा अनुबन्ध

टि–ट्वान्टी क्रिकेटमा छिटो शतक हान्ने कोरे एन्डरसन काठमाडौंमा अनुबन्ध

काठमाडौं । न्युजिल्यान्डका कोरे एन्डरसनले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । काठमाडौंले सोमबार विज्ञप्ति निकाल्दै न्युजिल्यान्डका लागि सबैभन्दा छिटो शतक प्रहार गर्ने रेकर्ड बनाएका अलराउन्डर एन्डरसनलाई काठमाडौंले अनुबन्धन गरेको जनाएको छ ।

वेस्ट इन्डिजविरुद्ध एकदिवसीय क्रिकेटमा एन्डरसनले ३६ बलमा ६ चौका र १४ छक्का प्रहार गर्दै शतक बनाएका थिए । “काठमाडौंले यो सिजन ईपीएलको उपाधि जित्ने लक्ष्य लिएको छ । एन्डरसनको आगमनले टिममा झनै ठूलो सहयोग मिल्नेछ काठमाडौंका सीईओ राज थापाले भने ।यो सिजनको ईपीएल चैत १ गतेबाट सुरु हुनेछ । ईपीएलमा यो सिजन क्रिस गेल, हसिम अमला जस्ता क्रिकेट खेलाडीले आफ्नो प्रदर्शन देखाउँदैछन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend