
काठमाडौं प्रतिबन्धित गाँजालाई खुला गर्ने गरी त्यसको माध्यमबाट मुलुकको आयआर्जन बढाउने उदेश्यका साथ् प्रतिनिधिसभामा गाँजा विधेयक दर्ता भएको छ। सोमबार प्रतिनिधि सभाको विधेयक शाखामा सांसद शेर बहादुर तामाङले गाँजा विधेयक दर्ता गरेका हुन्।विधेयक दर्ता गरेपछि आफ्नो धारणा राख्दै सांसद तमाङले गाँजा खेतीलाई खुल्ला गरेमा विदेसिएका नेपाली स्वदेश फर्कने र विदेशमा गाँजा निर्यात गरी मुलुकको आयआर्जन बढाउन सकिने बताए।
उनले गाँजा बहुउपयोगी बनस्पति भएको भन्दै नेपालमा गाँजा खेतिलाई कसूर नहुने व्यवस्था गरी नियन्त्रित गाँजा खेति गर्ने व्यवस्था गर्न आवश्यक रहेकाले यो विधेयक दर्ता गरेको जाकारी दिएका छन्। नेपालमा खेती गरिने गाँजा अन्य मुलुकको भन्दा उच्च स्तरको रहेको मान्यता रही आएको तामाङको दाबी छ।
गाँजाको उपयोग औषधि निर्माण तथा यसको बोक्राको रेसाबाट कपडा लगायतका समाग्रीको उत्पादन गर्न सकिने र डाँठको फर्निचर, वोर्ड तथा इट्टासमेतको लागि उपयोगि हुनसक्ने गुण रहेको छ’ तामाङले विधेयक पेश गर्ने क्रममा भनेका छन्।, ‘गाँजा वा भाँगको दाना अचार खानाको लागि वा तेल निकाली प्रयोग गर्ने गरी खाद्य पदार्थको रुपमा उपयोग गर्न सकिनका साथै औषधीय गुण युक्त मह उत्पादन समेत हुनेछ।’
गाँजा खेतीबाट हरियाली वातावरण भइ जलवायु परिवर्तनलाई न्यून गर्न समेत सहयोग पुग्ने, किसानको आर्थिक स्तरमा सुधार ल्याउन सकिने जस्ता अनेकौं फाइदा रहेका उनले जानकारी दिएका छन्। यिनै कारणले गाँजा खेतीलाई नियमन तथा व्यवस्थित गर्न र गाँजाको गैर कानुनी उत्पादन, बिक्रि वितरण तथा उपयोगलाई नियन्त्रण गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न आवश्यक भएकोले यो विधेयक पेश गरेको तामाङले बताएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend