बिहिबार, जेष्ठ ८ २०८२

बिहिबार, जेष्ठ ८ २०८२

ओलीलाई मोदीको सन्देश: ‘भगवान पशुपतिनाथले सधैँ राम्रो स्वास्थ्य, खुशी र दिर्घायु बनाइराखुन’

ओलीलाई मोदीको सन्देश: ‘भगवान पशुपतिनाथले सधैँ राम्रो स्वास्थ्य, खुशी र दिर्घायु बनाइराखुन’

फागुन १९ काठमाडौं – दोश्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षि नरेन्द्र मोदीले स्वास्थ्यलाभको सन्देश पठाएका छन्। आज नेपालस्थित भारतीय कार्यवाहक राजदूत डा. अजय कुमारले मोदीको सन्देश प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका छन्।

मोदीको सन्देशमा भनिएको छ, ‘भगवान पशुपतिनाथले तपाईंलाई सधैँ राम्रो स्वास्थ्य, खुशी र दीर्घ जीवनको आशिष दिऊन्। ’

ओलीको यसअघि २०६४ सालमा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको थियो। त्यस बेला उनलाई बुहारी नाता पर्ने अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्। प्रत्यारोपणपछि उनले नियमित रूपमा स्वस्थ्य परीक्षण गराउँदै आएका छन्।

सामाजिक सञ्जाल ट्वीटर बाट पनि ओलीलाई मोदीले स्वास्थ्यलाभको कामना गरेका छन्। ओलीले मोदीलाई धन्यवाद ज्ञापन गरेका छन्।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend