सोमबार, कार्तिक २४ २०८२

सोमबार, कार्तिक २४ २०८२

मिर्गौला प्रत्यारोपण जस्तो ठूलो उपचार मुलुककै सरकारी अस्पतालमा गर्ने पहिलो भिआइपी प्रधानमन्त्री ओली

मिर्गौला प्रत्यारोपण जस्तो ठूलो उपचार मुलुककै सरकारी अस्पतालमा गर्ने पहिलो भिआइपी प्रधानमन्त्री ओली

फागुन २० काठमाडौं – विक्रम सम्बत २०६३ देखि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरेको त्रिवि शिक्षण अस्पतालको रेकर्ड अनुसार अहिलेसम्म आठ जनाको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । यो हिसाबमा प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालबाट दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने नवौँ र यति ठूलो उपचार मुलुककै सरकारी अस्पतालमा गर्ने पहिलो अतिविशिष्ट व्यक्ति हुन् ।

सम्भवतः यही कारण महाराजगञ्ज अस्पताल प्रशासन र बालुवाटारमा प्रधानमन्त्रीको व्यवस्थता सरोबरी नै थियो । ओली मध्यान्ह १२ बजे अस्पताल पुग्ने जानकारी पाएको अस्पताल प्रशासनले त्यसपछि आवश्यक पर्ने सबै तयारी र योजना तय गर्यो । सरकारी निवास बालुवाटारमा ओलीले आफू उपचारपछि फर्किएर नआउँदासम्मको सबै तारतम्य मिलाए ।

बिहान सबेरै औपचारिक–अनौपचारिक बैठकहरु गरे । बालुवाटारमा ओली बैठक र भेटघाटमा व्यवस्त भइरहँदा महाराजगञ्जको धपेडी पनि उस्तै थियो । ओलीका लागि ६०१ नम्बर क्याबिन खाली गरिसकिएको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend