शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ जनाभन्दा बढीको टिमले गर्नेछ प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण

डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ जनाभन्दा बढीको टिमले गर्नेछ प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण

फागुन २० काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिँदै छ। त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन् । उनीसंगै उनको टिममा अन्य १५ जनाभन्दा बढी विशेषज्ञ चिकित्सक, नर्स र स्वास्थ्यकर्मी खटिनेछन् ।

प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका दिल्लीस्थित अपोलो अस्पतालका दुई विशेषज्ञसमेत आएको अस्पताल श्रोतले जनाएको छ। प्रत्यारोपण पछि ५/६ दिनमा आवश्यकता हेरेर डिस्चार्ज गरिने बताइएको छ।

प्रधानमन्त्री ओलीले यसअघि अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए। उक्त मिर्गौलाले काम गर्न छोडेपछि उनले दोश्रो पटक प्रत्यारोपण गर्न लागेका हुन। उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गर्न लागेकी हुन्। जसका लागि प्रधानमन्त्री ओली र समिक्षा संग्रौला दुबैजना हिजो (सोमबार) अस्पताल भर्ना भैसकेका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend