मंगलबार, असार १० २०८२

मंगलबार, असार १० २०८२

प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामनासहित छिन्नमस्ता मन्दिरमा विशेष पूजापाठ

प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामनासहित छिन्नमस्ता मन्दिरमा विशेष पूजापाठ

फागुन २० काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि ( बुधबार ) मिर्गौला प्रत्यारोपण गर्दैछन्। उनले त्रिवि शिक्षण अस्पतालमा दोश्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन्।

ओलीको मिर्गौला प्रत्यारोपण सफल होस् भन्ने कामनासहित सप्तरीको छिन्नमस्ता मन्दिरमा विशेष पूजापाठ सुरु गरिएको छ । नागरिक सञ्जाल सप्तरीको आयोजना तथा पीठाधीश महाकान्त ठाकुरको संयोजनमा विशेष पूजापाठ सुरु गरिएको हो ।

शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरको नेतृत्वमा सोमबारदेखि २४ घण्टे अखण्ड दीप प्रज्ज्वलन तथा एक दर्जनभन्दा बढी साधुसन्तहरुको उपस्थितिमा धार्मिक अनुष्ठान प्रारम्भ गरिएको बताइएको छ।

प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभ तथा दीर्घायुको कामनासहित सुरु गरिएको धार्मिक अनुष्ठानअन्तर्गत दुई दिनसम्म भजनकीर्तन, अष्टयाम, हवनसहित विशेष पूजापाठ गरिने जनाइएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend