सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

गोलाप्रथाले ठगेका यी १९ सांसद जो आजबाट बिदाई हुँदैछन, हेर्नुस को को परे (नामावली)

गोलाप्रथाले ठगेका यी १९ सांसद जो आजबाट बिदाई हुँदैछन, हेर्नुस को को परे (नामावली)

फागुन २० काठमाडौँ दुईबर्ष अघि गोलाप्रथा मार्फत चुनिएका १९ जना राष्ट्रिया सभाका सदस्यको कार्यकाल आजबाट सकिँदैछ । नेकपाबाट युवराज खतिवडा राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली,हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ लगाएतका नेताको पदाबदि सकिँदैछ भने बिपक्षी नेपाली काँग्रेसका बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडा, सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले ,दुर्गाप्रसाद उपाध्यायको रहेका छन्। नेपाली काँग्रेसका दुर्गाप्रसाद उपाध्यायको भने केहि हप्ता अघि निधन भईसकेको छ ।

यसैगरी राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिँदैछ ।राष्ट्रियसभा सदस्यहरुको कार्यकाल गोलाप्रथाबाट निश्चित गरिएको थियो । ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसले १३ सिट पाएको थियो । त्यसमा चिठ्ठा तान्दा ७ जना कांग्रेस सांसद दुईवर्षे कार्यकालमा परेका थिए ।१८ जना सांसदको दुई वर्षे कार्यकाल सकिएर राष्ट्रियसभा सदस्य पद रिक्त हुनुअघि नै गत माघ ९ गते सातवटै प्रदेशमा चुनाव भएको थियो । जसमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वाचित भएका छन् । उनीहरुको सपथ ग्रहण मंगलबार हुँदैछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend