बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

प्रत्यारोपण मृगौला टेबुलमै जानपनि सक्छ बिस तिस बर्ष टिक्नपनि सक्छ

प्रत्यारोपण मृगौला टेबुलमै जानपनि सक्छ बिस तिस बर्ष टिक्नपनि सक्छ

फागुन २० काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला बुधबार दोश्रो पटक प्रत्यारोपण गरिदैछ। पहिल पटक गरिएको मृगौला प्रत्यरोपण १२ बर्ष काम गर्यो तर दोश्रो पटक प्रत्यारोपित मृगौलाले कति समय टिक्ला भन्ने कौतुहलता सबै नेपाली जनमासमा रहेको छ ।

बरिष्ठ मृगौला रोग बिशेशज्ञ डा. ऋषि कुमार काफ्ले भन्छन प्रत्यारोपण गरिएको मिर्गौलाले प्रत्यारोपण गर्दागर्दै टेबुलमै जानपनि सक्छ एकहप्ता पछि जानपनि सक्छ १० बर्ष २० बर्ष हुँदै ३० बर्ष जानपनि सक्छ यसमा कुनै ठेट कुरा भन्न सकिदैन । यद्यपि प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको लागि त्रिवि अस्पतालले जुन तयारी र कन्फ़िडेंसका साथ प्रत्यारोपणमा जुटेको छ यसले सफलता पाउनेमा म ढुक्क छु बरिष्ठ मृगौला रोग बिशेशज्ञ डा. ऋषि कुमार काफ्ले भन्छन” ।

प्रधानमन्त्रीले बिकसित देशहरु सिंगापुर हंगकंग लगाएत जुनकुनै देशमा गएर उपचार गर्न सक्नुहुन्थ्यो तर नेपालकै अस्पताललाई बिश्वास मान्दै मृगौला प्रत्यारोपण जस्तो जटिल केसलाई देश भित्रै गर्ने जुन शाहस गर्नुभयो त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्ने आम स्वस्थकर्मी डाक्टर उस्साहित भएका छौ डा काफ्लेले भने ।
हेरौ प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको सन्दर्भमा रहेर सुनौलो नेपालले बरिष्ठ मृगौला रोग बिशेशज्ञ डा. ऋषि कुमार काफ्लेसंग गरिएको कुराकानी

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend