
फागुन २० काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) मिर्गौला प्र्त्यारोपण गर्दै छन्। त्रिवि शिक्षण अस्पतालमा ओलीले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लागेका हुन्।
प्रधानमन्त्री ओलीलाई समीक्षा संग्रौला ज्ञवालीले मृगौला दिँदै छिन। जसका लागि ओली र समीक्षा दुवैजना सोमबार नै अस्पताल भर्ना भैसकेका छन्।
को हुन् समिक्षा ?
समिक्षा नातामा ओलीकी ‘भान्जी’ पार्छिन। ३२ वर्षीया समीक्षा झापा चारआलीकी हुन् । उनी प्रधानमन्त्री ओलीलाई पहिलोपटक मृगौला दिने अन्जान घिमिरेकी भान्जी हुन् । सोही नाताले समिक्षा ओलीकी पनि भान्जी परेकी हुन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend