बिहिबार, जेष्ठ ८ २०८२

बिहिबार, जेष्ठ ८ २०८२

युबराज खतिवडाले दिए अर्थमन्त्रीबाट राजिनामा

युबराज खतिवडाले दिए अर्थमन्त्रीबाट राजिनामा

फागुन २० काठमाडौँ, अर्थमन्त्री डा.युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबार अपरान्ह मन्त्री खतिवडाले पदबाट राजीनमा दिएका हुन्। खतिवडाले राजिनामा दिएपनि नेकपाले उनलाई पुनः अर्थमन्त्री नियुक्त गर्नेबुझिएको छन। मंगलबारदेखिनै राष्ट्रियसभाका १९ जना सदस्यको कार्याकाल सकिएको छ ।दुईवर्षे कार्यकाल सकिने नेकपाका सांसदहरुमा हरिचरण शिवाकोटी, बलराम बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली छन् ।

कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडाको कार्यकाल सकिएको छ ।राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिएको छ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend