
फागुन २० काठमाडौं: ६ किलो सुनसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको यात्रुबाहक बस हेटौंडा-१५ रातोमाटेमा चेकजाँच गर्दा ६ किलो सुनसहित प्रहरीले भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरेको हो।
झोलाभित्र गाडीमा जडान हुने बेरिङजस्तो गियरमा लुकाइछिपाइ राखेको अवस्थामा आठ रिङ सुन फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend