शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

२३ वर्षको उमेरमा अपराध ४६ वर्षमा पक्राउ, पक्राउलगत्तै जेल चलान

२३ वर्षको उमेरमा अपराध ४६ वर्षमा पक्राउ, पक्राउलगत्तै जेल चलान

फागुन २१ काठमाडौं:- २३ वर्षअघि ३२ तोला सुन डकैती गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नुवाकोट शिवपुरी गाउँपालिकाका ४६ वर्षीय राजु थापालाई मंगलबार मित्रनगरबाट पक्राउ गरेको हो।

उनीसहितका व्यक्तिले १० माघ ०५३ मा भीमसेनगोलामा भेषबहादुर गुरुङलाई नियन्त्रणमा लिएर सुन डकैती गरेका थिए । गुरुङ हङकङबाट फर्कँदै गर्दा उनीहरूले डकैती गरेका हुन् । सो मुद्दाको अन्तिम फैसला गत ११ असार ०७५ मा भएको थियो।

सर्वोच्चले थापालाई ६ वर्ष कैद र चार लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

थापालाई पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए । अपराध गर्दा उनी २३ वर्षका थिए । ४६ वर्षको उमेरमा उनी जेल चलान भएका छन्।

यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend