
फागुन २१ काठमाडौं:- प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दोश्रोपटक नयाँ मिर्गौला प्रत्यारोपण हुँदैछ। केहीबेरमा सल्यक्रिया हुँदैछ।
ओलीको मिर्गौला प्रत्यारोपण गर्ने टोलीको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीका अनुसार पूर्वनिर्धारित योजनानुसार नै शल्यक्रिया तथा अन्य प्रक्रिया सुरु हुनेछ।
बाह्र वर्षअघि भारतमा पहिलो पटक उनले मिर्गौला प्रत्यारोपण गराएका थिए। दिल्लीको अपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका थिए। अहिले ओलीको शरीरमा प्रत्यारोपित एउटा मिर्गौलासहित तीनवटा मिर्गौला छन्। डा. ज्ञवालीका अनुसार अब गरिने नयां प्रत्यारोपणपछि चारवटा हुनेछन्।
प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend