शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

थाईल्याण्ड बिरुद्द नेपालको बिशाल जित, कुशल मल्लको सानदार ब्याटिंग

थाईल्याण्ड बिरुद्द नेपालको बिशाल जित, कुशल मल्लको सानदार ब्याटिंग

एशिया ईस्टर्न रीजन टी२० क्रिकेटमा नेपालले आयोजक थाईल्यान्डलाई नौ विकेटले पराजित गरेको छ।प्रतियोगितामा मलेशिया र हङ्‍कङसँग हारेको नेपालको यो पहिलो विजय हो।करण केसीले तीन विकेट लिएपछि टस जितेर ब्याटिङ रोजेको आयोजक थाईल्यान्ड ६६ रनमा सीमित भएको थियो।
नेपालले ५.३ ओभरमा एक विकेट गुमाएर विजय लक्ष्य प्राप्त गरेको थियो।
नेपालका लागि नटआउट रहेका कुशल मल्लले १८ बलमा ३६ र पवन सर्राफले १० बलमा २७ रन बनाए। पारस खड्का नौ रनमा आउट भए।नेपालले शुक्रवार सिङ्गापुरसँग आफ्नो अन्तिम खेल खेल्नेछ।

थाईल्यान्डको कमजोर ब्याटिङ
थाईल्यान्डलाई कम स्कोरमा समेट्न केसीले तीन र अविनाश बोहराले दुई विकेट लिए।सन्दीप लामिछाने र भुवन कार्कीले एक-एक विकेट लिए। थाईल्यान्डका तीनजना खेलाडी रन आउट भएका थिए।नेपालले कूल १२० बल फ्यालेकोमा थाईल्यान्डले ९० बलमा कुनै रन बनाउन सकेको थिएन।चार ओभर बलिङ गरेका लामिछानेले २२ बलमा कुनै रन दिएनन्।थाईल्यान्डका लागि हेनो जोर्डनले मात्रै दुई अङ्कको रन बनाउन सके। उनले १३ रन बनाएका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend