
दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया सुरु भएको छ ।
विहान १० बजे अपरेशन थिएटरमा प्रवेश गरी शल्यक्रिया सुरु गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । कम्तिमा ४ देखि ५ घण्टामा अप्रेशन सकिने जानकारी चिकित्सकहरुले दिएको थापाले बताए । अपरान्ह ४ बजेसम्म शल्यक्रिाय सकिने उनको भनाई थियो ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्रीको आत्मविश्वास र उच्च मनोबलले शल्यक्रिया सफल र छिटो सम्पन्न हुने विश्वास व्यक्त गरे ।पहिलो पटक १२ वर्षअघि भारतमा मिर्गाैला प्रत्यारोपण गराएका ओली दाेस्राे पटक प्रत्याराेपण गराउन सोमबार अस्पताल भर्ना भएका थिए । विभिन्न देशका प्रमुखहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोण सफल गराउनका लागि भारतबाट दुई वरिष्ठ चिकित्सक आएका छन् ।डाक्टर अनन्त कुमारसँगै अर्का भारतीय प्रख्यात डाक्टर दिनेश खुल्लर पनि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण प्रक्रियामा सहभागी भएका छन् । युरो सर्जन अनन्त कुमारले प्रत्यारोपणको क्रममा निगरानी गरिरहेका छन् ।नेफ्रोलोजिस्ट डा. दिनेश खुल्लरले प्रत्यारोपणपछि निगरानी गर्ने छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend