मंगलबार, असार ३ २०८२

मंगलबार, असार ३ २०८२

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल

फागुन २१ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको सफल प्रत्यारोपण भएको छ। विहान १० बजे अपरेशन थिएटरमा प्रवेश गरी सुरु भएको शल्यक्रिया सफल भएको प्रत्यारोपण टिमको नेतृत्व गरेका प्रा. डा. प्रेम ज्ञवालीले बताए।

प्रत्यारोपित मिर्गौलाले काम गर्न सुरु गरिसकेको र प्रधानमन्त्री ओलीले पिशाव पनि फेरेको चिकित्सकहरुले बताएका छन्। उनीहरुका अनुसार अहिले प्रधानमन्त्रीको काटिएको शरीरको घाउमा टाँका लगाउने काम भइरहेको छ।

अबको केहि समयमै प्रत्यारोपणको सम्पूर्ण काम सकिने र पत्रकार सम्मेलन मार्फत जानकारी गराइने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोण सफल गराउनका लागि भारतबाट दुई वरिष्ठ चिकित्सक आएका छन् ।डाक्टर अनन्त कुमारसँगै अर्का भारतीय प्रख्यात डाक्टर दिनेश खुल्लर पनि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण प्रक्रियामा सहभागी भएका छन् । युरो सर्जन अनन्त कुमारले प्रत्यारोपणको क्रममा निगरानी गरिरहेका छन् ।नेफ्रोलोजिस्ट डा. दिनेश खुल्लरले प्रत्यारोपणपछि निगरानी गर्ने छन् ।

प्रधानमन्त्री ओलीको २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend