
फागुन २१ काठमाडौं : भारत सरकारले औषधि र भिटामिनहरुको निर्यातमा प्रतिबन्ध लगाएको छ। कोरोना भाइरस संक्रमणले आफ्नो मुलक संकटमा फस्न सक्ने र उक्त समयमा औषधि अभाव हुन नदिन भारतले यो निर्णय गरेको विदेश व्यापार महानिर्देशनालयले जनाएको छ।
प्यारासिटामोल, भिटामिन बी१, भिटामिन बी२, भिटामिन बी१२ र तिनको निर्माणका लागि आवश्यक पर्ने रसायनहरु समेतमा भारतले प्रतिबन्ध लगाएको हो।
यो प्रतिबन्धसंगै नेपाल प्रभावित हुने भएको छ। प्रतिबन्धित औषधीमध्ये धेरैजसो नेपालमा भारतबाट आयात गरिन्छन्। चालु आर्थिक वर्षको सात महीनामा मात्रै नेपालमा १८ अर्ब ५९ करोड ९० लाख ५९ हजार रूपैयाँकाे औषधीको आयात भएको छ। त्यसमध्ये भारतबाट ६३ लाख ८० हजार रुपैयाँ बराबरको भिटामिन बी१ आयात भएको छ। त्यस्तै १७ लाख ४० हजार रुपैयाँको भिटामिन बी६ र १ करोड १४ लाखको भिटामिन बी१२ आयात भएको छ।
भारतमा अहिलेसम्म २८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend